Nepal

कृसिमा क्रान्ति – नेपालको उन्नति

 

agriculture

सुन्दर मनमोहक र पहेलपुर धानका सुनौला बालाहरु,अतिआकर्शक तोरि बारि,बिहानी को घाम को किरण सङगै झुल्ने गहु-जहुका बाला अनि ती घरको छतमा झुन्डिने तितेकरेलि र काक्रा,चिचिन्दो र घिरौला ले भरियको करेसाबारि, हरिया सागपातले भरिपुर्ण खेतहरु र मीठो सुगन्ध छर्ने पुदिना र धनिया अनि गाइबस्तुको दूध महि र मीठो नौनी ले भरिपुर्ण मेरो सानो देश कृषिप्रधान देश भनेर बिस्वमा चिनिन्छ।१० बर्से बालक देखि 70 बर्सको हजुरबुबा हजुरआमा खेतिकिसानीमा डुबेको मेरो देश…जब दिनभर खेतमा पसिना चुहाउदै मिहिनेत गरेर,महिनौ लगायर खाधान्न उत्पादन गरेर सबैलाइ खुवाने ती भगवान को दोस्रो रुप किसानहरु लाई देख्छु तब,खुट्टैसमायर प्रणाम गर्न मन लाग्छ।ती किसानहरुले उत्पादन गरेको खाना खायर नै हामी बाचेका छौ….चाहे डक्टर होस ,चाहे इन्जिनियर होस चाहे देसकै प्रधानमन्त्री किन नहोस सबैलाइ पाल्ने भनेकै किसान हुन…तेसैले किसान भगवान हुन,किसान प्रकृतिको एक रछ्यक हुन,किसान एक अन्नदाता हुन।

80% जनसंख्या कृसिमा आधारित मेरो देसमा अहिले पनि कृषि को छेत्रमा तेति प्रगती भयको देखिदैन।हाम्रो देश का किसान बाबू,आमा दाजु दिदी हरुले हजारौ समस्यासङग जुध्धै देशलाई बचाइराख्नु भयको छ।उपयुक्त टेक्नोलोजी र आइडिया तथा स्रोत साधन को अभाल ले गर्दा कृषिमा तेति उन्नती हुन सकेको छैन…अहिले पनि इन्डिया लगायतका देसहरुबाट दिनहु लाखौको तरकारी तथा खाधान्न को सामानहरु आयत गर्नु पर्ने बाध्यता छ। किसानहरुले आफुले उत्पादन गरेको तरकारी,माछा मासु,दूध दहि को उपयुक्त मूल्य नपाउदा मर्कामा परेको देख्न सकिन्छ। अस्ट्रेलिया,अमेरिका लगायतका देसहरुमा मेसिन ले १ घन्टामै 5-7 ओटा खेतको धान गहु काटेर सकाइदा मेरो गाउको साइला दाइ ले दिनभर रगत पसिना एक गरेर काटदा पनि १ खेत को सकिँदैन,अझ सुन्छु गाउतिर सिचाइ को अभाबमा कैयौ खेतहरु बाझै छन रे कति त जङगल मा परिणत हुँदै छन रे,बैङक बाट एक्दमै उच्च ब्याजदरमा लोन लियर खेतिकिसानि गर्ने सामन्य किसान आफ्नो प्रोड्क्ट को उपयुक्त बजार र मूल्य नपाउदा आत्महत्या गर्न बाध्या छन….देस भ्रस्टचार,लुटपाट,र ठगी ले जगडियको छ, ब्रोकर हरुले किसान बाट सस्तोमा सामान किनेर महङगोमा बेच्ने गरेको पनि पाइन्छ ….स्रोत र साधन ले पिल्सियर गुजृयको छ हाम्रो कृषि छेत्र।
नेपाली किसान को बारिमा बन्दा र फुल गोभी कुइदा,भारत बाट लाखौको बन्दा र फुल गोभी किन निर्यात गरिन्छ?????नबलपरासी,रुपन्देही अर्घाखाँची र गुल्मी लगायतका जिल्लामा उत्पादित उखु,सुन्तला र कफिको उचित मूल्य नपायर कुहिदा, बिहार र युपि बाट ट्रक का ट्रक उखु,सुन्तला र कफि किन मगाइन्छ???? जुम्लामा फलेको अर्गानिक स्याउ बजार नपायर कुहिदा, चाइना बाट रसायन र बिसादिले भरिको स्टिकर टासेको स्याउ किन ल्याइन्छ???? गाउको किसानले गाई बस्तुको दूध र मासुको उपयुक्त मूल्य नपायर बाटोमा पोख्दा, बनारस र राची तथा मुम्बइ बाट अरबौको दूध र भेडा च्याङग्रा ट्रकका ट्रक किन ल्याइन्छ??? यी सबै समस्यहरुलाइ केलायर गहिरो रुपमा अध्यन गर्नु पर्ने देखिन्छ।

santosh
agriculture

यदि किसृमा लगानी गरेर,किसानहरुलाइ उपयुक्त सुझाब सल्लाह,ट्रेनिङ,सैछिक तथा जनचेतना मुलक कार्यक्रम,प्रसस्त सिचाइ पानी,मल तथा जल को बेबस्ता गर्न सकिने हो भने मेरो सानो देस एक स्वर्गको सुन को टुक्रा समान हुने थियो।…बिदेसी तरकारि र रासन भित्र्याउदा लाग्ने लाखौ रुपैया जोगिने थियो कि….मुल्यबृदी घट्नेथियो कि…हामि कृषि मुलुक का लागरिक भनेर चिनिने थियौ अनि पर्यटन ब्यबसाय पनि फस्टाउने थियो।यसमा सरकाले ध्यान दियर कृसिलाइ पहिलो प्राथमिकता मा राखेर बजेट बनाउनु पर्ने देखिन्छ, किसान हरुलाइ प्रोतसाहित गर्ने कार्यक्रम,कडा नियम कानुन,सस्तो ब्याजदरमा कर्जा दिन सकियो भने पनि कृसिमा छिट्तै उन्नती प्रगती हुने कुरामा कुनै दुबिधा छैन। अनकन्टार मरुभुमी भयको अरब र जङगल नै जङगल ले घेरियको अस्ट्रेलिया मा त छोटो समयमै कृसिमा क्रान्ति आयो भने ,हाम्रो जस्तो प्राकृतिक सम्पदाले भरिपुर्ण तथा जलस्रोतको दोर्सो धनि देस मा त्यो भन्दा छोटो समयमै क्रान्ति ल्याउन सकिन्छ तर भयका स्रोत र साधनलाइ उपयुक्त तरिकाले प्रयोग गरेर अगाडि बढ्नु पर्ने देखिन्छ।कृसिमा समुन्नती ल्याउन सकियो भने देस को उन्नती छिटटै हुने र देस ले कोल्टे फेर्ने अनि बिकास को बाटोमा बुलेट ट्रेन को गतिले दौडिने कुरामा दुई मत नै छैन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *